असोज १७, सोलुखुम्बु । आज असोज शुक्ल पक्षको एकादशी, दसैँको टीकाको दोस्रो दिन । हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाहरूले आज टीका र जमरासहित आशीर्वाद थाप्ने चलन छ । दसैँको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाइन्छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।
आजदेखि विशेषगरी माइती, मावली, ससुरालीलगायतमा टीका थाप्न जाने चलन छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने वडादसैँ आफन्तसँगको भेटघाटका दृष्टिमा पनि उत्तिकै महत्त्वपूर्ण पर्व हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराई कसैले विजया दशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन रहेको भन्दै त्यसलाई अन्यथा लिन नहुने बताउँछन् ।
Discussion about this post