असोज १९, सोलुखुम्बु । सिन्धुलिमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ७ बुद्धचोकमा एक जना मृत फेला परेको सिन्धुली पेहरीले जनाएको छ । आइतबार विहान ६ बजे तिर उनि विपी राजमार्गको नालीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए । उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । अन्दाजी ५०÷५५ वर्षिय पुरुषको नाम ठेगाना वतन केहि पनि नखुलेकाले पहिचानका लागी प्रहरी सँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । उनको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल सिन्धुली पठाइएको जनाइएको छ ।
Discussion about this post