असोज १९, सोलुखुम्बु । शनिबारको वर्षातले सोलुखुम्बुमा एक घर पहिरोमा परेको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानी मा एक घर पहिरोले भत्काएको हो । स्थानीय प्रविण विकको घर माथिबाट झरेको पहिरोले घर सहित ४ वटा बाख्रा र १ वटा राँगा मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबाट मानवीय क्षती भने भएको छैन । जिल्लाको अन्य कहाँ कहाँ के कती क्षती भएको छ भन्ने बारेमा प्रहरीले सोधपुछ गरिरहेको छ ।
Discussion about this post