असोज २०, सोलुखुम्बु । पर्यटकीय नगरी खुम्बु पासाङल्हामु गाउँपालिका भित्रका विभिन्न ६ वटा पदमार्ग विग्रीएका छन् । गत १८ गते देखी परेको वर्षातका कारण खुम्बु क्षेत्रको विभिन्न ३ वटा वडाका ६ वटा पदमार्ग भत्किएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वडा नम्बर ३, ४ र ५ का पदमार्गहरू भत्किएकाले पर्यटकहरूलाई पुर्ण सूचना लिएर मात्र भ्रमण गर्नका लागी भनिएको छ ।
गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले एक सूचना मार्फत वडा नम्बर ३ मा रहेको जोरसल्ले बाट हिलारी ब्रिज जाने पदमागै पहिरोको कारण भत्कीएको जानकारी दिनुभयो । यस्तै वडा नम्बर ४ का मोङजाँडाबाट गोक्यो जाने बाटो, पोर्चे थेङा देखी फोर्चे जानेबाटो र फोर्चेबाट गोक्यो जाने बाटो पहरिोका कारण भत्कीएकाे उहाँको भनाई छ । यस्तै वडा नम्बर ५ को नाम्चे देखी फुर्ते जाने बाटोमा क्षति भएकाे छ भने थामे पुल देखी थामे जाने बाटो समेत पहिरोको कारण भत्किएर क्षति ग्रस्त भएको उहाँको भनाई छ । पदमार्ग भत्कीएकाले घुम्न जाने पर्यटक गाइड तथा स्थानीयलाई पुर्ण सूचना लिएर मात्र हिँड्न गाउँपालिकाले भनेको छ ।
Discussion about this post