असोज २०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा शरदीय सिजनकै उच्च उडान सोमबार भएको छ । सोमबार बिहान ६ बजे देखी साँझ ६ बजे सम्म लगातार १२ घण्टा उडान हुँदा करिव ३ सय उडान भएको लुक्ला विमानस्थलले जनाएको छ । विश्वकै डरलाग्दो मध्ये पहिलो मानिने तेन्जीङ हिलारी विमानस्थल लुक्लामा सोमबार यस वर्षको शरदीय सिजनकै सबैभन्दा धेरै उडान भएको हो । आजबाट मौसममा सुधार आएसँगै काठमाण्डौ र मन्थलीबाट सिता, तारा र समिट एअरले उडान गरेका हुन् ।
दिनभर विमानस्थल व्यस्त रहँदा लुक्लामा उडान गर्ने हवाई जहाज तथा हेलिकप्टर दुवैले पूर्ण क्षमतामा उडान भरेका छन् । विमानस्थल कर्मचारी प्रवेशराज थापाका अनुसार इन (अाएकाे) र आउट (गएकाे) दुबै गरेर ३ सय उडान भएको हो । ति मध्ये हवाईजहाज मार्फत ९ सय ५० को हाराहारीमा पर्यटक लुक्ला झरेका छन् । करिव १ हजार पर्यटक एकैदिन लुक्ला ओर्लिएको शरदीय सिजनको पहिलो दिन हो भने मौसम खुल्ने बित्तिकै त्यहाँ रहेका सोही सङ्ख्याका पर्यटकहरू बाहिरिएका छन् ।
Discussion about this post