असोज २०, सोलुखुम्बु । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । सोमबार आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार १ मंसिर देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने तालिका छन् । त्यस्तै, ३ फागुन देखि १८ फागुनसम्म चुनाव प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि हुने तालिका छ ।२१ फागुनमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा बन्दसूची पेु गर्ने आयोगको कार्यक्रम छ । कार्यतालिकामा १ देखि १० मंसिरसम्म आयोगमा दल दर्ता गरिसक्नुपर्ने छ ।
Discussion about this post