असोज २२, सोलुखुम्बु । ओखलढुगांको खिजिदेम्बा गाउँपालिकाले वडास्तरमै राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने भएको छ । स्थायी रूपमा गाउँपालिकामा बसोबास गर्ने र पहिल्यै विवरण संकलन गरिसकेका व्यक्तिहरुको परिचयपत्र जिल्ला प्रशासन कार्यालय, ओखलढुगांबाट गाउँपालिकामा हस्तान्तरण भइसकेपछि वडाबाट वितरण गरिने भएको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र वितरणको तालिका सार्वजनिक गरेको छ । असोज २४ गते वडा नम्बर ३ मा, २५ गते वडा नम्बर ७ मा, २६ गते वडा नम्बर ८ मा, २७ गते वडा नम्बर ९ मा, २८ गते वडा नम्बर ४ मा र वडा नम्बर ६ मा ३० गते राष्ट्रिय परिचय पत्र कार्ड वितरण गरिने भएको छ ।
परिचयपत्र वितरण कार्यलाई व्यवस्थित रूपमा सम्पन्न गर्न गाउँपालिकाले सम्बन्धित व्यक्तिहरूलाई तोकिएको मितिमा आफ्नो वडा कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद गौतमले वितरण कार्य समयमै र सहज रूपमा सम्पन्न गर्न स्थानीयवासीहरूको सहयोग अपेक्षित रहेको जानकारी दिनुभयो ।
Discussion about this post