असोज २३, सोलुखुम्बु । सोलुखुम्बुका दुई गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन गरिने भएको । जिल्लाको सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा छुटेका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको हो ।
सोताङ गाउँपालिकामा यही असोज २३ र २४ गते इलाका प्रशासन कार्यालयको परिसरमा शिविर सुरु भएको जानकारी प्राप्त भएको छ । त्यसैगरी, महाकुलुङ गाउँपालिका स्थित बुङमा असोज २६ र २७ गते दर्ता शिविर सञ्चालन हुने विवरण दर्ता अपरेटर लक्ष्मण नाछिरिङले जानकारी दिनुभयो ।
सेवाग्राहीलाई सम्बन्धित पालिकाका बासिन्दालाई तोकिएको मितिमा आवश्यक कागजातसहित उपस्थित हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । राष्ट्रिय परिचयपत्र दर्ता गर्दा नागरिकता प्रमाणपत्र, जन्म मिति खुल्ने कागजात, वासस्थान प्रमाणजस्ता आवश्यक कागजात साथमा ल्याउनु पर्नेछ । यस अभियानबाट ग्रामीण क्षेत्रका नागरिकलाई सूचना प्रविधिमार्फत सरकारी सेवामा पहुँच पुर्याउने लक्ष्य लिएको प्रशासनको भनाइ छ ।
Discussion about this post