असोज २३, सोलुखुम्बु । भोजपुरको हतुवागढी गाउँपालिकाले वर्षाैंदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो । जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् ।
चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताउनुभयो । गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि रु ७० लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिघर रु ७५ हजार बराबरको सहयोग गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताउनुभयो ।
Discussion about this post