असोज २५, सोलुखुम्बु । देशमा विकसीत पछिल्लो राजनितिक घटनाक्रम पछि नेपाली काङ्ग्रेसमा विशेष महाधिवेशन समयसीमा भित्रै नियमित महाधिवेशन भन्ने वहस छेडिएको सन्दर्भमा सोलुखुम्बुका महाधिवेशन प्रतिनिधिले दवाव स्वरुप हस्ताक्षर सङ्कलन गरे पठाएका छन् । जिल्लाका २७ महाधिवेशन प्रतिनिधि मध्ये १९ जनाले नियमित महाधिवेशन समयसीमा भित्रै गराउन वा सम्भव नभए विशेष महाधिबेशन गराउन दवाव स्वरुप हस्ताक्षर सङ्कलन गरेर पेश गरेको जनाइएको छ । सोलुखुम्बु काङ्ग्रेस नेता दिनराज बास्तोलाका अनुसार महाधिवेशन प्रतिनिधीहरु प्रकाश सिंह कार्की, आङछिरिङ शेर्पा, प्रभुराम बस्नेत, खिलाराज बस्नेत, कुशराज राई, जिबन गुरुङ, नबिन थापा, छिन्डिल्हमु शेर्पा, गान्धीमाया तामाङ, पासाङ शेर्पा, मनोज खड्का, दुर्गा प्रसाद नेपाली ( नौबाघ), धर्म बहादुर नेपाली, महेन्द्र दिप राई, मङ्गल सिंह तामाङ, एक कुमारी कार्की बस्नेत, लोकेन्द्र जंग बस्नेत , विमला गुरुङ र पुजा फुँयालले हस्ताक्षर गरि पेश गरेका हुन । जेनजी आन्दोलन पछि काङ्ग्रेस भित्र पनि नेतृत्व फेरेर नयाँ ढङ्गबाट पार्टी पुनर्गठन गर्नुपर्ने माग बढिरहेको बेला सोलुखुम्बुबाट समेत नेताहरूले विषेश महाधिवेशनको माग गरेका छन् ।
Discussion about this post