असोज ३०, सोलुखुम्बु । चार दिने रक्षा संवाददाता अभिमुखीकरण तालिमले सैनिक संरचना र सञ्चार जगतबीचको दूरीलाई केही हदसम्म नजिक ल्याएको देखिएको छ । पूर्वी पृतनाद्वारा आयोजित उक्त कार्यक्रमले पत्रकारहरूलाई नेपाली सेनाको काम, चुनौती र बहुआयामिक भूमिकाबारे प्रत्यक्ष अवलोकन र बुझाइको अवसर दिएको हो ।
सैन्य संगठनको गहिरो र संरचित अनुशासनबीच सञ्चारकर्मीहरूको स्वतन्त्रतापूर्ण सोचको समन्वय खोज्ने प्रयासका रूपमा लिइएको यो तालिम एउटा सन्देश दिन सफल देखिएको छ । सूचना, सुरक्षा र उत्तरदायित्वको त्रिकोणमा संवाद सम्भव छ । पृतनापति उपरथी गौरवकुमार केसीले सेनाले केवल राष्ट्रिय सुरक्षा होइन, राष्ट्रिय एकता र सहअस्तित्व प्रवद्र्धनमा पनि अग्रणी भूमिका खेलेको बताउनुभएको छ ।
उहाँले नेपाली सेनाको नयाँ धारणा र जनतासँगको सम्बन्ध सुदृढ गर्न खोजिएको संकेत दिएको उल्लेख गर्नुभयो । तालिममा सहभागी सञ्चारकर्मीहरूले विपद् व्यवस्थापन, जैविक विविधता संरक्षणदेखि स्थानीय समुदायसँग सहकार्यसम्मका विषयमा सेनाको सक्रिय भूमिका देखेका छन् ।
Discussion about this post