असोज ३१, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिका–५ दुबेकोलको मुख्य सडकमा बिहीबार राति एक ट्रक दुर्घटनामा परेको छ । ऐसेलुखर्क देसारेबाट उत्तिसको काठ बोकेर इटहरीतर्फ गइरहेको प्र. १०२००२ ख ०५३७ नम्बरको ट्रक राति करिब १२ः३० बजे अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा परेका ट्रकका चालक धनकुटा जिल्ला पाख्रीबास नगरपालिका–९ लिसुम्बु निवासी टेक बहादुर दर्लामी मगर र सहचालक धनकुटा कागते–३ का आयुस ठकुरी दुबै जना सकुशल रहेको जानकारी प्राप्त भएको छ ।
ट्रक सडकमा पल्टिएकाले उक्त क्षेत्रमा ठूला सवारी साधनको आवतजावत अवरुद्ध भएको छ । तर, टाटासुमो जस्ता साना सवारी साधन भने सञ्चालनमा रहेका छन् । घटनाबारे जानकारी दिँदै स्थानिय प्रेम श्रेष्ठले ठूला गाडीका लागि बाटो खुलाउन समय लाग्न सक्ने बताउनुभयो ।
Discussion about this post