असोज ३१, सोलुखुम्बु । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन सात हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँ रहेको थियो । सुनको भाउ गएको २७ गते सोमवारदेखि लगातार बढिरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ७५ रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय ५० रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ रहेको थियो ।
Discussion about this post