कार्तिक ३, सोलुखुम्बु । तिहारको दोस्रो दिन सोमबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी ११ पला अर्थात् दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ। त्यसपछि औँसी तिथि लाग्छ। लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले आइतबार नै लक्ष्मीपूजा परेको हो ।
सोमबार साँझ औँसी पूरा भई सक्छ। सोमबार औँसी तिथि २० घडी २४ पला अर्थात् दिउँसो २ बजेर ४१ मिनेटसम्म रहेको समितिबाट सिफारिसप्राप्त पात्रोमा उल्लेख छ। समितिले सोमबार नै लक्ष्मीपूजा मनाउन निर्देश गरे पनि वैदिक कालगणनाका अनुयायी तथा सूर्योदयको तिथिलाई आधार मानेर कर्म गर्नेहरूले भने मंगलबार लक्ष्मीपूजा गर्ने तयारी गरेका छन्। मंगलबार २५ ५३ ४ बजेर २९ मिनेटसम्म औँसी तिथि छ।
Discussion about this post