कार्तिक २०, सोलुखुम्बु । डोल्पा भ्रमण सकेर मुस्ताङ फर्किने क्रममा सम्पर्क विहिन भएका दुई पुरुषलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ । पर्वत जिल्ला, जलजला गाउँपालिका–३, माझफाँट स्थायी घर भएका ती दुई व्यक्ति कार्तिक १६ गतेदेखि सम्पर्क विहिन भएका थिए ।
उनीहरू छार्काताङ्सोङ गाउँपालिका–१, मुलुङ क्षेत्रमा सम्पर्क विहिन भएपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा उद्धार कार्य सुरु गरिएको थियो । उद्धारका लागि खटिएको नेपाली सेनाको इन्द्रबक्स गणको टोलीले हवाई साधनको समेत प्रयोग गर्दै व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो ।
सेनाको टोलीले कार्तिक २० गते मुस्ताङ जिल्ला, बारागुङ् मुक्तिक्षेत्र गाउँपालिका–५, भेरोल इलाकाबाट ती दुवै जनालाई सकुशल उद्धार गरी जोमसोमस्थित पुथाङ विमानस्थलमा उनीहरूको आफन्तलाई जिम्मा दिएको नेपाली सेनाले जनाएको छ ।











Discussion about this post