कार्तिक २३, सोलुखुम्बु । फ्रान्सेली दातृ निकाय र सोलुदुधकुण्ड नगरपालिकाको संयुक्त लगानिमा निर्माण भएको नम्बुर प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा निर्माण सम्पन्न भएको सुविधा सम्पन्न भवनको आईतबार आयोजित एक कार्यक्रमका विच नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गर्नु भएको हो ।
समाजसेवी निमा शेर्पाको पहलमा फ्रान्सेली दाताहरुको समुह सोलु च्यामले नुम्बुर भोकेसन ट्रेनिङ सेण्टर निर्माण गरेको हो भने स्थानीय सरकारले समेत साझेदारी गरेको छ । विभिन्न ५ वटा बिधामा प्राविधिक शिक्षा दिने गरि खोलिएको शिक्षालयको उद्घाटन गर्दै नगर प्रमुख शेर्पाले समग्र जिल्लाको शैक्षिक विकासमा योगदान गर्ने गरि खोलिएको भन्दै प्राविधिक धारको पढाई मार्फत स्वदेशमै रोजगारको ढोका खुल्ने बताउनुभयो ।
नुम्बुर प्राविधिक शिक्षालयका अध्यक्ष निमा शेर्पाले सबै पक्षको साझेदारीमा ब्यवस्थित सम्रचना बन्न सफल भएको भन्दै यसको गुणस्तरीय संचालनमा सबैले हातेमालो गर्नु पर्ने आवश्यक्ता औँल्याउुन भयो । सिकर्मी, प्लम्बर, ईलेक्ट्रिसियन, होटल ब्यवस्थापन र कुकको क्षेत्रमा ६० जना विद्यार्थीलाई खाना बस्न सहित निशुल्क अध्यापन गराईनेछ ।
कार्यक्रममा सोलुच्यामका अध्यक्ष पिएर, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङ, प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डे, ७ नम्बर वडा अध्यक्ष सोनामग्याल्जेन शेर्पा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सैयौँको संख्यामा अभिभावक र सरोकारवाला उपस्थित कार्यक्रममा सहभागिहरुले शिक्षालय निर्माण भएसँगै युवाहरु स्वरोजगारको बाटोमा जाने अपेक्षा गरेका छन् ।











Discussion about this post