कार्तिक २६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ सल्लेरीबाट फाप्लुतर्फ जाँदै गरेको मोटरसाइकल चालकको गोजीबाट झरेको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरेका छन् । बुधबार बिहान करिब ११ः३० बजे सोलुदुधकुण्ड नगरपालिका–२ खाम्जे निवासी ४१ वर्षीय फुर्वा लामाको गोजीबाट रकम झरेको थियो ।
उक्त पैसा सोलुदुधकुण्ड–४ फाप्लुका राजकुमार बराईलीले देखेपछि सोलुदुधकुण्ड–६ खोरियाका कुमार लामाले फेला पारी जिल्ला ट्राफिक प्रहरी कार्यालय, सोलुखुम्बुमा बुझाएका हुन् । ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक हवल्दार चन्द्र बहादुर बस्नेतका अनुसार फेला परेको एक लाख रूपैयाँ सम्बन्धित व्यक्ति फुर्वा लामालाई औपचारिक रूपमा बुझाइएको छ ।
प्रहरीले इमानदारीका साथ हराएको रकम फिर्ता गर्न सहयोग गर्ने बराईली र लामालाई प्रशंसा गरेको छ । यस घटनाले समाजमा इमानदारी र सदाचारको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूले बताएका छन् ।











Discussion about this post