Tuesday, September 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

८८ प्रतिशत वित्तीय प्रगति सहित सोलुखुम्बु जिल्ला सभाको पाँचौं अधिवेशन सम्पन्न

Radio Everest by Radio Everest
November 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २६, सोलुखुम्बु । जिल्ला समन्वय समिति सोलुखुम्बुको पाँचौं जिल्ला सभाको बैठक सम्पन्न भएको छ । आज जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठक सम्पन्न भएको होे । बैठक कोशी प्रदेशको जिल्ला सभा कार्यसञ्चालन ऐन, २०७५ को दफा ३ बमोजिम आव्हान गरिएको थियो । बैठकमा जिल्ला समन्वय समिति कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादन प्रतिवेदन, आय–व्यय विवरण, मौज्दात कोषबाट सञ्चालित योजनाहरू, आगामी वर्षको कार्ययोजना तथा चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट लगायतका विषयमा छलफल गरी निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा नियमित बोर्ड बैठक १० पटक, विभिन्न निकायका बैठकमा २४ पटक सहभागिता, २४ वटा योजना तथा कार्यक्रमको अनुगमन लगायतका कार्य सम्पन्न गरिएको उल्लेख छ । त्यसका साथै कार्यालय भवन मर्मत, अभिलेख व्यवस्थापन, सदस्यहरूको कार्यक्षेत्र निर्धारण तथा मासिक प्रतिवेदन प्रणालीको थालनी लगायतका रचनात्मक पहलहरू गरिएको जानकारी प्रतिवेदनमा समावेश गरिएको छ । यस्तै जिल्ला सभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को आय–व्यय प्रतिवेदन प्रस्तुत गर्दै जिसस सदस्य सोमराज केसीले कुल २१,९२४,७८८ बजेटमध्ये १९,२६१,५६१ खर्च भई समग्र वित्तीय प्रगति ८८ प्रतिशत पुगेको जानकारी गराउनुभएको छ ।

नेपाल सरकारबाट प्राप्त सशर्त चालु अनुदान, उपदान, सञ्चित बिदा र सेवा निवृत्त औषधि उपचार शीर्षकका खर्चहरू नियमानुसार सम्पन्न भएको जनाइएको छ । यस्तै आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारबाट प्राप्त १ करोड ६८ लाख ६२ हजार बजेटलाई बिभिन्न शीर्षकमा बाँडफाँट गर्ने प्रस्ताव सभामा पेश गरिएको थियो । सो बजेटमा जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिक, कार्यालय सञ्चालन खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन र भ्रमण खर्च लगायतका शीर्षक समावेश छन् ।

छलफलपछि सभाका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले सभामा उठाइएका सुझाव र टिप्पणीलाई आगामी कार्यसम्पादनमा मार्गदर्शनको रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैठक समापन गर्नुभएको छ । उहाँले जिल्लाका स्थानीय तहहरूबीच समन्वय, अनुगमन र सहकार्यलाई अझ प्रभावकारी बनाउन समिति प्रतिबद्ध रहेको बताउनुभयो ।

बैठकमा रोयल्टी बाँडफाँट सम्बन्धी प्रस्ताव लगायत विविध विषयमा पनि छलफल भएको थियो । बैठकमा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख–उपप्रमुख, थुलुङ दुधकोशी, सोताङ, लिखुपिके, नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष, जिल्ला समन्वय समितिका उपप्रमुख तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

Previous Post

सोलुखुम्बुमा सडकमा हराएको एक लाख रूपैयाँ इमानदार नागरिकले फिर्ता गरे

Next Post

आज पनि देशभरको मौसम सफा रहने

Related Posts

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
0
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
0
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
0
दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

August 31, 2026
0
Next Post
आज पनि देशभरको मौसम सफा रहने

आज पनि देशभरको मौसम सफा रहने

Discussion about this post

Everest Highlights

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

August 31, 2026
चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

August 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly