कार्तिक २७, सोलुखुम्बु । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई लागुऔषधको कारोबार तथा सेवनमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएको जनाएको छ।
प्राप्त विवरण अनुसार, कार्तिक २६ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कमल गाउँपालिका–३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यस्तै, सुनसरीको धरान–६ बाट प्रहरी चौकी पानबारीले सोही स्थानका रोशन राई र अभिषेक विश्वकर्मालाई निषेधित औषध ट्रामाडोल २६१ क्याप्सुल र २८४ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ। यसैगरी, इलाका प्रहरी कार्यालय दुहबीले बर्जु गाउँपालिका–३ का मुकेश कुमार चौधरीलाई १८ किलो ५९८ ग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखी थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।











Discussion about this post