कार्तिक २७, सोलुखुम्बु । निर्वाचन आयोगको सर्भरमा समस्या आउँदा सोलुखुम्बुका मतदाता नामावली दर्ता गर्न आएका नागरिकहरू घर फर्कन बाध्य भएका छन् । बिहिबार दिउँसो करिब १२ बजेदेखि आयोगको सर्भरमा समस्या देखिएपछि सोलुखुम्बु लगायत देशका अन्य जिल्लाहरूमा समेत मतदाता नामावली दर्ता प्रक्रिया प्रभावित भएको हो ।
जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख नेत्र घिमिरेका अनुसार आयोगकै सर्भरमा समस्या देखिएकाले सेवाग्राहीहरूले नामावली दर्ता गर्न नसकी फर्किनु परेको हो । “सर्भर काम नगरेपछि नागरिकहरू लामो समय कुर्दा पनि काम नहुँदा फर्कनु परेको छ,” घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार समस्या आयोगको केन्द्रीय सर्भरमा देखिएको हो, जसका कारण देशभरका जिल्लाहरूमा दर्ता कार्य अवरुद्ध भएको छ । उहाँले सर्भर समस्याको समाधान नभएकाले आजको कार्य अवरुद्ध भएको र समस्या समाधान भएपछि भोलिदेखि पुनः दर्ता कार्य सुचारु गरिने जानकारी दिनुभयो ।











Discussion about this post