कार्तिक २७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका युवाहरूले “भावनात्मक एकता र युवा शक्ति नै समाज रूपान्तरणको आधार हो, आफ्नो गाउँ–टोल र समाज आफैं बनाऔँ” भन्ने नारासहित सामूहिक श्रमदान सम्पन्न गरेका छन् । सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्दै सडक र विद्युत् लाइन आसपासको वातावरण स्वच्छ बनाउने उद्देश्यले श्रमदान कार्यक्रम गरिएको हो ।
श्रमदाता सुजन राईका अनुसार कार्तिक २१ गतेदेखि निरन्तर रूपमा सञ्चालन भएको श्रमदान बिहीबार बिहान सम्पन्न गरिएको हो । कार्यक्रम अन्तर्गत फ्रेवा चोक, बरडाडा, घट्टेपुम, गौरुङ टोल, हिमाल दर्शन, त्रिवेणी चोक हुँदै घट्टेपुमबाट कुसुम प्रतिष्ठान र वडा नं ३ कार्यालयसम्म सडकका भित्तातर्फ रहेका बोटबिरुवा र झाडीहरू काटछाट गरिएको छ । श्रमदानमा स्थानीय युवाहरू सक्रिय रूपमा सहभागी भएका थिए । साथै सरसफाइका लागि गाउँपालिकाले स्रोतसाधनको व्यवस्था गरेको थियो ।











Discussion about this post