सोलुखुम्बु, कार्तिक २८ । निर्वाचन आयोगले मतदाता नामावलीमा दर्ता हुनका लागी अवधी थप गर्ने भएपछि सोलुखुम्बुबाट हुने मतदाता नामावली सङ्कलनको कार्य जारी रहने भएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागी जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउने समय अवधि थप गरिएको हो । निर्वाचन आयोगले सुरुमा कार्तिक ३० गते सम्म तोकेको अवधीलाई बढाएर मंसिर ५ गते सम्म पु¥याएको निर्वाचन कार्यालय सोलुखुम्बुमा प्रमुख नेत्र घिमिरेले बताउनुभयो । उहाँले सूचना जारी गर्दै मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गन पनि अनुरोध गर्नुभएको छ ।










Discussion about this post