Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

Radio Everest by Radio Everest
November 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २९, सोलुखुम्बु । सोलु हाइड्रोपावर लिमिटेड, लोवर सोलु जलविद्युत् आयोजना (८२ मेगावाट) ले कार्तिक २७ गते सार्वजनिक गरेको शेयर निष्कासनसम्बन्धी सूचनाले नेचासल्यान गाउँपालिकाले कडा विरोध गरेको छ । गाउँपालिकाले आफ्नो भू–क्षेत्रलाई आयोजना प्रभावित र अति प्रभावित क्षेत्रमा समावेश नगरेको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै कडा विरोध गरेको हो ।

गाउँपालिकाको भनाइअनुसार, आयोजना सञ्चालनका क्रममा खाल्पा, सल्यान, सहेले, चुर्पुघाट हुँदै तुइनटार क्षेत्रमा बहने सोलु खोलालाई वडा नं. २ भन्दा माथिको भू–भागबाट पथान्तर गरी बाहिर लगिएका कारण अहिले गाउँपालिकाभित्र सोलु खोला अत्यन्त न्यून बहावका साथ बगिरहेको छ । त्यसले यहाँका जलचर, वनस्पति तथा स्थानीय बासिन्दाको जीवनयापनमा प्रत्यक्ष असर पारेको उल्लेख गरिएको छ ।

यसअघि अपर सोलु र मिड सोलु जलविद्युत् आयोजना सञ्चालनकर्ताले नेचासल्यान गाउँपालिकालाई प्रभावित क्षेत्रका रूपमा पहिचान गरिसकेको तथ्य प्रस्तुत गर्दै गाउँपालिकाले हालको सूचनालाई अन्यायपूर्ण भनेको छ । गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत कम्पनीलाई उक्त निर्णय तत्काल सच्याई नेचासल्यानका बासिन्दालाई अति प्रभावित क्षेत्रमा समावेश गर्न माग गरेको छ । माग सम्बोधन नभए राजनीतिक दल, नागरिक समाज तथा स्थानीय सरोकारवालाको सहभागितासहित दबाबमूलक कार्यक्रम सुरु गर्ने चेतावनी पनि ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।

यता, सोलु हाइड्रोपावरले आगामी मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी पूरा गरेको छ । कम्पनीले १० अर्ब रुपैयाँ जारी पुँजीमध्ये २० प्रतिशत अर्थात २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको जनाएको छ । जसमा १ करोड कित्ता आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । तीमध्ये ४० लाख कित्ता सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का अति प्रभावित बासिन्दाका लागि तोकिएको छ भने बाँकी ६० लाख कित्ता अन्य वडाका स्थानीयका लागि रहनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि कुल सर्वसाधारण भागको १० प्रतिशत अर्थात १० लाख कित्ता शेयर छुट्याइएको छ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिनेछ ।

आयोजनाबाट प्रभावित क्षेत्रका लागि आवेदन मंसिर २१ देखि पुस ७ सम्म खुला रहनेछ भने विदेशमा रहेका नेपालीले मंसिर १० देखि अधिकतम मंसिर २१ सम्म आवेदन दिन सक्नेछन् । शेयर निष्कासनको प्रक्रिया अघि बढाइरहँदा नेचासल्यानबाट भने विभिन्न असन्तुष्टि व्यक्त भइरहेका छन् । प्रभावित क्षेत्र पहिचानमा भएको विवाद कायमै रहँदा निष्कासन प्रक्रियाको पारदर्शिता र न्यायप्रियतामाथि प्रश्न उठ्न थालेका छन् ।

Previous Post

सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

Next Post

८२ हाइड्रोको शेयर निष्कासन : काठमाडौंमा बन्यो संघर्ष समिति

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
८२ हाइड्रोको शेयर निष्कासन : काठमाडौंमा बन्यो संघर्ष समिति

८२ हाइड्रोको शेयर निष्कासन : काठमाडौंमा बन्यो संघर्ष समिति

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly