कार्तिक ३०, सोलुखुम्बु । सोलुखुम्बुका नागरिकले हवाई टिकट पाउन सोर्स लगाउनुपर्ने स्थीति बनेको खुलेको छ । तल्लो सोलुखुम्बुमा रहेको विमानस्थल फाप्लुमा सर्वसाधरण जनताले सोर्स लगाउनुपर्ने स्थीति रहेको पाइएको हो । हप्तामा ४ दिन उडान हुने विमानस्थलबाट हवाई यात्रा गर्नका लागी सोर्स उपल्लो पावर लगाउनुपर्ने बाध्यता बनेको हो ।
विमानस्थल पहुँचवाला वा उपल्लो दर्जाका व्यक्तीहरुको कब्जामा रहेको यहाँका नागरिकले बताएका छन् । स्थानीय रस्वीन मगरले यो स्थीति सोच्नुपर्ने अवस्थाको रुपमा रहेको उल्लेख गर्नुभयो । यस्तै जिल्लाको माप्य दुधकोशी गाउँपालिकाका उजिर कार्कीले पनि विमानस्थलबाट हवाई सेवा लिन सार्सफोर्सनै लगाउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । हाल फाप्लु–काठमाडौं उडान हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) मात्रै संचालनमा छन् ।
निजी क्षेत्रका कम्पनीहरूले व्यस्तता र अनुकुलता नदेखाइ उडान तालिका हटाउँदा स्थानीयहरू नेपाल एयरलाइन्समै निर्भर हुन बाध्य छन् । तर सामान्य नागरिकले टिकट माग्दा ’छैन’ भन्ने जवाफ पाउँछन्, जबकि उच्च पदस्थ वा पहुँचवाला व्यक्तिले तुरुन्तै टिकट पाउँछन् । सोलुकै सन्देश राईका अनुसार ’काठमाडौंबाट सोलु आउँदा सहज भएको तर तर सोलुबाट काठमाडौं जानु भनेको फलामको चिउरा चपाएसरह भएकोे बताउनुभयो । किन यस्तो भनेर बुझ्दा विमानस्थलले विदेशी नागरिकलाई प्राथमिकता दिनुपरेकाले यस्तो भएको उत्तर दिएको छ ।
सोलुखुम्बु पर्यटनको आधार र सगरमाथाको प्रवेशद्वार भएकाले यहाँ हवाई टिकट जस्तो आधारभूत सेवा प्राप्त गर्न पावर आवश्यक पर्नु प्रशासनिक कमजोरी मात्र नभई सरकारले सम्बोधन गर्नुपर्ने नागरिक समस्या भएको स्थानीयहरूले जोड दिएका छन् ।










Discussion about this post