कार्तिक ३०, सोलुखुम्बु । ओखलढुंगामा जेन जेड युनाइटेड मुभमेन्टले गर्ने भनेको कार्यक्रममा नजान जेन जेड ओखलढुङ्गाले आह्वान गरेको छ । एक विज्ञप्ति जारी गर्दै जेन जेड ओखलढुङ्गाका संयोजक रोशनराज दाहालले युनाइटेड अभियानको नाममा देशभर एकता अभियान गर्ने भनी गरिएको प्रचार सँग असली जेन जेडहरुको कुनै साइनो सम्बन्ध नभएको प्रष्ट पार्नुभएको हो । उहाँले आन्दोलनका क्रममा देखानै नपरेका अनुहारहरूको अगुवाईमा हुने भनिएको एकता अभियान सहभागी नहुन पनि आग्रह गर्नुभएको छ । उहाँले भ्रष्टाचार र बेथिति विरुद्ध खबरदारी गरिरहेको जानकारी गराउँदै ओखलढुङ्गाको आन्दोलनको इतिहास बिर्सने भिजिलान्तेहरुलाई अमिट इतिहास नविर्सन अनुरोध गर्नुभएको छ । उहाँले जेन जेड युनाइटेट नामक अभियान विदेशी सक्तीको भरमा परिचालित भइरहेको समेत बताउनुभएको छ ।










Discussion about this post