मंसिर १, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल खेल तालिम सुरु गरिएको छ । वडा कार्यालयको आयोजनामा सोमबारदेखि सुरु भएको उक्त तालिमले स्थानीय युवालाई खेलकुदमा सक्रिय बनाउन सहयोग गर्ने वडा अध्यक्ष राजन राईले बताउनुभयो ।

स्थानीय स्तरमा खेलकुदको विकास र प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा गाउँपालिका भित्रका ३० जना युवाहरू सहभागी रहेका छन् । तालिमको सहजिकरण क्षितिज तामाङले गरिरहनुभएको छ ।

तालिमले युवाहरूलाई फुटबलका आधारभूत सीपदेखि अनुशासन, फिटनेस र समूहमा काम गर्ने संस्कृतिबारे प्रशिक्षण प्रदान गर्नेछ । वडा कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।











Discussion about this post