मंसिर १, सोलुखुम्बु । सोलुुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टिङमा सम्पन्न खुल्ला भलिबल प्रतियोगितामा चम्पादेवी पलापु विजयी बनेको छ । स्वर्गीय देण्डी शेर्पाको स्मृतिमा सेभेन समिट फाउन्डेशन र वडा कार्यालय–१० द्वारा संयुक्त रूपमा आयोजना गरिएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा चम्पादेवीले मोरङलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा रावाबेँशी–४, खोटाङ तेस्रो र सोलुदुधकुण्ड नगरपालिका–९, गोराखानी चौथो स्थानमा रहेका छन्। उत्कृष्ट हुने टोलीहरूले क्रमशः १ लाख ३१ हजार, ८१ हजार, ६१ हजार र ३१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। यस वर्षको प्रतियोगितामा कुल १७ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।










Discussion about this post