Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

Radio Everest by Radio Everest
November 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक राई, मंसिर २, खोटाङ । जिल्ला कारागार खोटाङको भित्री अवस्था अहिले अत्यन्तै अव्यवस्थित र जोखिमपूर्ण बन्दै गएको छ । बाहिरी प्रशासनिक भवन चिटिक्क र व्यवस्थित देखिए पनि कारागारको भित्रि संरचना र सेवा व्यवस्थापन भने समस्यामाथि समस्या थपिँदै गएका छन् । कारागारमा सबैभन्दा पहिले नेटवर्क सुविधा नै अत्यन्त कमजोर रहेको कारागार प्रशासक प्रदिप श्रेष्ठ बताउँछन् । नेटवर्क नहुँदा प्रशासनिक कामकाज, आकस्मिक सम्पर्क, कागजी प्रक्रिया तथा सुरक्षा समन्वयमा गम्भीर असर परेको छ ।

यस्तै, कारागारसँग कैदी–थुनुवा ओसारपसारका लागि आवश्यक विशेष भ्यानसमेत उपलब्ध छैन । भ्यान नभएकै कारण बिरामी, अदालत हाजिर वा सरुवाका बेला कैदीलाई ४–५ किलोमिटर दूरीसम्म हतकडी लगाएर खुलेआम पैदल लैजानुपर्छ । यसले सुरक्षा जोखिम मात्र बढाएको छैन, मानव अधिकार र कैदीको मर्यादामाथि पनि ठूूलो प्रश्न उठाएको स्थानीय तथा अधिकारकर्मीहरूको भनाइ छ । भीडभाडयुक्त सडक हुँदै पैदल हिँडाउँदा भाग्ने सम्भावना, भीडबाट आक्रमण तथा स्वास्थ्य जोखिम समेत उच्च हुने प्रशासक श्रेष्ठले बताएका छन् । भित्रका भौतिक संरचनाहरू पनि अत्यन्त जीर्ण अवस्थामा पुगेका छन् ।

कैदी बस्ने भवनका विभिन्न भागमा चिरा पुगेका छन् र सानो कम्पन वा भूकम्प आएमा थप क्षति हुनसक्ने अवस्था विद्यमान छ । सुरक्षा गार्डका लागि बनेको चमेनागृह समेत बस्नलायक छैन—चिरा परेको, भत्किन आसन्न र प्रयोग गर्नसमेत डर लाग्ने अवस्था छ । कारागारमा क्षमता भन्दा कैदी–थुनुवाको संख्या अत्यधिक रहेकाले भित्रको भीडभाड खतरनाक स्तरमा पुगेको छ । भीडभाडका कारण सुत्ने ठाउँको अभाव, स्वास्थ्य समस्या, संक्रमण जोखिम र मानसिक तनाव तीव्र रूपमा बढिरहेको छ । यतिबेला कारागारमा १४० जना कैदी तथा थुनुवा रहेका छन् । सूचना अधिकारी अमित महत्वका अनुसार जबरजस्ती करणीका मुद्दामा मात्र कैदी ४३ र थुनुवा १० जना छन् ।

त्यस्तै कर्तव्यज्यान, हत्या प्रयास, सवारी ज्यान, ठगी–किर्ते, मानव बेचविखन, बहुविवाह, हातहतियार तथा बैंकिङसम्बन्धी कसुरलगायतका मुद्दामा समग्रमा ११७ कैदी र २३ थुनुवा रहेका छन् । यही असारमा निर्माण सम्पन्न भएको घेराबार (वाल) समेत सुरक्षित छैन । नयाँ निर्माण भए पनि वाल करिब एक फिटभन्दा बढी भासिएको छ, जसले निर्माण गुणस्तरप्रति गम्भीर शंका उत्पन्न गरेको छ । तर सम्बन्धित निकायको ध्यान भने अझै पुगेको छैन । कमजोर घेराबारका कारण कुनै पनि बेला सुरक्षा संकट वा दुर्घटना उत्पन्न हुनसक्ने खतरा बढेको छ ।

बाहिरबाट प्रशासन व्यवस्थित देखिए पनि भित्रभित्रै कारागार संरचना, सेवा, जनशक्ति र सुरक्षाका समस्या विकराल रूपमा फैलिएका छन् । कमजोर नेटवर्क, ओसारपसार भ्यानको अभाव, जिर्ण भवन, अस्वच्छ किचन, भीडभाड र कमजोर घेराबारजस्ता समस्याले खोटाङ कारागारलाई उच्च जोखिमयुक्त कारागारको श्रेणीमा पु¥याइदिएको छ । सम्बन्धित निकायले चाँडै ध्यान नदिए मानव अधिकार, सुरक्षा र स्वास्थ्यका क्षेत्रमा थप गम्भीर संकट उत्पन्न हुने संकेत स्पष्ट देखिन थालेको छ ।

Previous Post

सोताङ गाउँपालिकाको माग : सोलु हाइड्रोपावरको प्रभावित क्षेत्र निर्धारण पुनः संशोधन गर्न दबाब

Next Post

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly