Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

Radio Everest by Radio Everest
November 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ५, खोटाङ । खोटाङमा पछिल्ला वर्षहरूमा आत्महत्या घटनामा तीव्र वृद्धि हुँदा पनि सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरू प्रभावकारी रूपमा सक्रिय नदेखिएको भन्दै आलोचना भएको छ । दिक्तेलमा मञ्चन गरिएको सामाजिक सडक नाटक ‘शून्यदेखि शिखरसम्म’ को छैटौँ शोपछि आयोजित सार्वजनिक छलफलमा कानुन व्यवसायी तथा जनप्रतिनिधिहरूले आत्महत्या जस्तो संवेदनशील विषयप्रति निकायहरूको उदासीनता चिन्ताजनक रहेको बताएका हुन् ।

छलफलमा अधिवक्ता ओम प्रकाश घिमिरेले खोटाङमा निरन्तर बढिरहेको आत्महत्या दर मानवअधिकार र सामाजिक संरचनामाथिको गम्भीर चुनौती भएको उल्लेख गर्दै समस्या विकराल बन्दै गएको तर जिम्मेवारी लिने कोही नभएको बताउनुभयो । उहाँलाई आत्महत्या का घटनाहरू रोकथामका लागि स्थानीय तहदेखि जिम्मेवार निकायसम्म समन्वित रूपमा अघि नबढ्दा समस्या झनै जटिल बनेको टिप्पणी गर्नुभयो ।

त्यस्तै पूर्वसंविधानसभा सदस्य दुर्गा जयन्ती राईले मानसिक स्वास्थ्य सेवा, परामर्श तथा समुदाय–आधारित दिगो कार्यक्रम अभावमा सम्बन्धित निकायहरू मौन बस्नु गम्भीर लापरवाही भएको बताउनुभयो । आत्महत्या रोकथामका लागि सामूहिक नीति, अभियान र सेवा पहुँच विस्तार अहिले अपरिहार्य रहेको उहाँको भनाई छ । यस्तै दिक्तेल रूपाकोट मझुवागढी–१२ का वडाध्यक्ष दान बहादुर राईले नाटकले जिल्लाको वर्तमान अवस्थालाई प्रत्यक्ष रूपमा चित्रण गरेको उल्लेख गर्दै समुदाय, परिवार तथा संस्थाहरू सबैले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

‘शून्यदेखि शिखरसम्म’ नाटकको तेस्रो दिन पाँचौँ शो दिक्तेल बहुमुखी क्याम्पसमा र दोस्रो शो जिल्ला समन्वय समिति अगाडि मञ्चन गरिएको थियो । दुबै स्थानमा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम संयोजक सन्जय कुमार राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार आत्महत्या रोकथामका विषयमा सामुदायिक चेतना बढाउन यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी रहेका छन् । सहभागीले प्रस्तुत नाटक र छलफलजस्तै सार्वजनिक संवाद, जनचेतना कार्यक्रम तथा मानसिक स्वास्थ्य सम्बन्धी सेवा विस्तारलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

Previous Post

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

Next Post

जन जागृति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
जन जागृति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

जन जागृति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly