मंसिर ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ सल्लेरीस्थित जनजागृति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक सङ्घ गठन गरिएको छ। शुक्रबार सम्पन्न अभिभावक भेलाले पर्शुराम बस्नेतको अध्यक्षतामा नयाँ शिक्षक अभिभावक सङ्घ गठन गरेको विद्यालयका प्रधानाध्यापक महाप्रसाद फुयालले जानकारी दिनुभयो।
गठित सङ्घमा अध्यक्ष बस्नेतसहित सदस्यहरू सम्झना थापा, पासाङ शेर्पा, लोकेन्द्र तामाङ, कल्पना श्रेष्ठ, दिब्या खालिङ, चन्द्रमाया बि.क., धनकुमारी गदाल र याङ्जी शेर्पा रहेका छन्। विद्यालय र अभिभावकबीच समन्वय मजबुत बनाउँदै शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले शिक्षक अभिभावक सङ्घ गठन गरिएको विद्यालयले जनाएको छ।











Discussion about this post