मंसिर ५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा सातौँ अध्यक्ष रनिङशिल्ड तथा पालिका महोत्सब शुरु भएको छ । गाउँपालिकाको केन्द्र मुक्लिमा आयोजित एक कार्यक्रमका विच रनिङशिल्ड भलिबल र मोहत्वसका विभिन्न कार्यक्रमहरु शुरु भएका हुन् ।
खुल्ला भलिबल, कृषि मेला प्रदशर्नी, स्थानीय संस्कृति झल्कने खानाको परिकारको स्टल र सांस्कृतिक कार्यक्रम महोत्सबका प्रमुख आकर्षणको रुपमा रहेको पालिका अध्यक्ष असिम राईले बताउनु भयो । ३ दिन सम्म चल्ने कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष राई र जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले संयुक्त रुपमा गर्नुभएको छ । भलिबल खेलमा पुरुष २२ टिम र महिला ७ टिमले सहभागिता जनएका छन् भने कृषि मेला प्रदर्शनीमा १ सय भन्दा बढी बालिमा कृषकहरुले भाग लिएका छन् ।
महोत्सवको आकर्षणको रुपमा गुरुङ र राईहरुको विभिन्न परिकार राखिएको छ । यो बर्षको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारका अलावा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुलाई झिकाएको छ । गायक प्रमोद खरेल, लोक गायक कृष्ण कँडेल लगायतका कलाकारहरु शनिबार हुने कार्यक्रमका लागि आईसकेका छन् । पालिका अध्यक्ष राईले भौतिक पुर्वाधार विकासका अतिरिक्त बृहत्तर विकासलाई अगाडी बढाउन विगत ७ बर्षदेखि महोत्सब गरिएको र यो महोत्सबबाट हजारौँ पालिका बासिले लाभ लिने बताउनु भयो ।
जिल्ला समन्वय समिति प्रमुख निरौलाले थुलुङ दुधकोशी गाउँपालिकाले सर्वागिंण क्षेत्रमा काम गरेर विकासको परिभाषा बदलेको बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रि लगायत कार्यालय प्रमुखहरु, अन्य निर्वाचित जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।











Discussion about this post