Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङकै लामो बुवाखोला मोटरेवल पुल उद्घाटन, दक्षिणखोटाङका जनताको जनजिवनमा सहजताकाे इँटा 

Radio Everest by Radio Everest
November 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ६, खोटाङ ।  खोटाङकै सबैभन्दा लामो पक्कीपुल बुवाखोला पक्की पुल उद्घाटन गरिएको छ ।  कोशी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको मोटरेवल पक्कीपुलको भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उद्‌घाटन गर्नुभएको हो ।  खोटाङको दक्षिणी भेगलाई तराईसँग सिधा सम्पर्कमा जोड्ने उक्त पुल कोशी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयको करिव १८ करोड लगानीमा बनेको हो ।  जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगर लगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरवेल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुल हो ।

जन्तेढुङ्गा गाउँपालिका १ देवीस्थान र बराहपोखरी गाउँपालिका ५ को पौवासेराका बीचमा रहेको बुवाखोलामा मोटरेबल पक्की पुल निर्धारित समयभन्दा पहिले सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयले सहज र सुरक्षित आवागमनको अनुभूति गरेका छन् । मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । बुवाखोलाको मोटरेबल पुल सञ्चालनमा आएपछि खोटाङका बासिन्दालाई पूर्वी तराईका जिल्ला आवतजावतकै गर्न लामो बाटो र जोखिमपूर्ण नदी पार गर्नुपर्ने बाध्यतासमेत अन्त्य भएको जन्तेढुङ्गा गाउँपालिकाका नेपाली कम्युनिष्ट पार्टीका नेता वीरबल किरातीले बताए। नेता किरातीका अनुसार यो पुल बनेपछि स्थानीयहरू उदयपुरको बेलटार हुँदै धरान, विराटनगर, इटहरी, सुनसरी, मोरङ र झापा छोटो दुरीमै पुग्न सक्नेछन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयसँग विसं २०८१ वैशाख ३० गते भएको सम्झौतामा बुँवाखोला मोटरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने अन्तिम विसं २०८३ कात्तिक २१ गतेसम्म तोकिएको थियो । निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले बुवाखोला मोटरेबल पक्की पुल यसअघि नै सम्पूर्ण निर्माणको काम पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । बुवाखोला मोटरेबल पक्की पुलमार्फत पालिकालाई प्रदेश राजधानी विराटनगरसँगको आर्थिक तथा प्रशासनिक केन्द्रहरूसँग जोड्ने योजना पूरा भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ ले बताए । जिल्लाको दक्षिणी क्षेत्रमा क्रियाशील स्थानीय राजनीतिक नेतृत्व बुवाखोला पुल निर्माणप्रति सकारात्मक बनेका छन् । नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले पक्की पुल निर्माणसँगै बङ्शिलाघाटमा बन्ने बेलिब्रिज सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका बासिन्दालाई सहज भएको जानकारी दिनुभएको छ ।

Previous Post

केदार माविमा निःशुल्क आँखा शिविर सम्पन्न, ४२६ जनाको परीक्षण

Next Post

सोलुदुधकुण्डले वडामै पुगेर योजना सम्झौता गर्यो, नागरिकलाई समय–खर्च दुबैमा राहत

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलुदुधकुण्डले वडामै पुगेर योजना सम्झौता गर्यो, नागरिकलाई समय–खर्च दुबैमा राहत

सोलुदुधकुण्डले वडामै पुगेर योजना सम्झौता गर्यो, नागरिकलाई समय–खर्च दुबैमा राहत

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly