Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डले वडामै पुगेर योजना सम्झौता गर्यो, नागरिकलाई समय–खर्च दुबैमा राहत

Radio Everest by Radio Everest
November 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का विकास योजनाहरूका लागि आवश्यक सम्झौता प्रक्रियालाई यस वर्ष पनि वडामै पुगेर सम्पन्न गरेको छ । नगरवासीलाई सम्झौता गर्न नगरपालिकासम्म आउनु पर्ने झन्झट कम गर्नका लागि सुरु गरिएको यो अभ्यास विगतका वर्षदेखि निरन्तर अवलम्बन हुँदै आएको हो ।

यसै क्रममा सोलुदुधकुण्ड–१०, टाप्टिङमा शुक्रबार आयोजित योजना अभिमुखीकरण तथा योजना सम्झौता कार्यक्रममा वडा सदस्य, उपभोक्ता समिति, स्थानीय प्रतिनिधि तथा विभिन्न शाखाका प्रमुखहरूको सक्रिय सहभागिता देखिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै योजना शाखा प्रमुख रामकुमार खड्काले योजनाहरू गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्नु नगरको प्राथमिकता भएको उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय श्रमदानको महत्व बढिरहेको बताउँदै यसले विकास निर्माणलाई प्रभावकारी, पारदर्शी र सामुदायिक स्वामित्वयुक्त बनाउन सहयोग गर्ने धारणा राख्नुभयो । सबै योजनाहरू प्राविधिक स्टामेटअनुसार उच्च गुणस्तरमा सम्पन्न गरिनुपर्ने पनि उहाँले जोड दिनुभयो । उपभोक्ता समिति, जनप्रतिनिधि र कर्मचारी एकै टिम भएर काम गर्न सके उत्कृष्ट परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्दै खड्काले स्थानीय स्तरमै सहकार्य र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

योजना शाखाका अनुसार हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी तथा पुल–सडकसँग सम्बन्धित सातवटा योजनाको सम्झौता भइसकेको छ । केही योजनाहरू भने विभिन्न कारणले सम्झौता प्रक्रियामा नआएकाले ती योजनाको प्रक्रिया नगरपालिकामै सहजीकरण गरिने जनाइएको छ।नगरपालिकाका अनुसार वडामै पुगेर योजना सम्झौता गर्ने अभ्यासले नागरिकलाई अनावश्यक समय र खर्चबाट बचाउनुका साथै स्थानीय तहमा पारदर्शिता, जनसहभागिता र सेवाप्रवाहको पहुँच उल्लेखनीय रूपमा बढाएको छ ।

Previous Post

खोटाङकै लामो बुवाखोला मोटरेवल पुल उद्घाटन, दक्षिणखोटाङका जनताको जनजिवनमा सहजताकाे इँटा 

Next Post

सोताङमा पञ्चकन्या कालिका मन्दिर विवाद अन्त्य, परम्परागत पूजा यथावत् रहने

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोताङमा पञ्चकन्या कालिका मन्दिर विवाद अन्त्य, परम्परागत पूजा यथावत् रहने

सोताङमा पञ्चकन्या कालिका मन्दिर विवाद अन्त्य, परम्परागत पूजा यथावत् रहने

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly