शनिबार, कार्तिक ६ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीको सोलुखुम्बु तदर्थ समिति गठन भएको छ । शनिवार सम्पन्न एक औपचारीक कार्यक्रमका बीच विएस राईको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो । केन्द्रिय उपाध्यक्ष देवराज लामाको प्रमुख आतिथ्यतामा जिल्लाको समिति गठन गरिएको जनाइएको छ । प्रकृति, संस्कृती र प्रविधी भन्ने नारा सहित पार्टीले जिल्लामा राईको संयोजकत्वमा ३३ सदस्यीय समिति गठन गरेको छ । समितिको सहसंयोजकमा महेश कुमार राना मगर, सचिवमा दिलीप राई, सहसचिवमा जयस थुलुङ राई, कोषाध्यक्षमा दीप राई र सह कोषाध्यक्षमा खेम नाछिरिङ चयन भएका छन् । समिति गठन कार्यक्रममा बोल्दै पाटीका केन्द्रिय उपाध्यक्ष लामाले नेपालमा सबै पार्टीहरुलाई टेस्ट गरिसकेकाले एकपटक श्रम संस्कृतिलाई टेस्ट गर्न आह्वान गर्नुभएको थियो । उहाँले नवगठित समितिलाई माटोलाई माया गर्न र नागरिकका भावना बुझेर काम गर्न निर्देशन दिनुभयो । यस्तै नवगठित तदर्थ समितिका संयाृजक विएस राईले युगले मागेको परिवर्तन अव श्रम संस्कृतिबाट मात्रै पुरा हुने उल्लेख गर्नुभएको थियो । पार्टीले नवप्रवेशीहरुलाई माटोको टिका लगाएर स्वागत गरेको छ ।










Discussion about this post