Sunday, November 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको आठौँ सो सम्पन्न, मानसिक स्वास्थ्यप्रति समुदायमा जागरण

Radio Everest by Radio Everest
November 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, खोटाङ । खोटाङमा पछिल्लो समय बढ्दै गएको आत्महत्याका घटनाप्रति पर्याप्त चासो नदेखिएको गुनासोसहित मानसिक स्वास्थ्यबारे समुदायमा संवाद सुरु गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक अभियान आठौँ सोसँगै सफलतापूर्वक समापन गरिएको छ। ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रको आयोजनामा सञ्चालन भएको उक्त नाटक अभियान मंसिर ३ गते मझुवा कालिका भगवती मन्दिर परिसरबाट प्रारम्भ भएको थियो।

अभियानअन्तर्गत मंसिर ४ गते दिक्तेलका तीन विद्यालय समावि, माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल र पञ्च माविमा नाटक मञ्चन गरिएको थियो। मंसिर ५ गते बिहान दिक्तेल बहुमुखी क्याम्पस र दिउँसो जिल्ला समन्वय कार्यालय अगाडि सो सम्पन्न गरिएको हो । यस्तै मंसिर ६ गते दिक्तेल साप्ताहिक बजार हाटडाँडामा सातौँ सो र मंसिर ७ गते दिक्तेल बोर्डिङ स्कुलमा गरिएको आठौँ सोसँगै अभियानलाई समापन गरिएको हो।

कठिनाइबीच पनि कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको सहजकर्ता अविन्द्र राईले जानकारी दिए। अभियानमा सञ्जय राईको नेतृत्व महत्वपूर्ण रहेको आयोजकहरूले बताएका छन्। उहाँको समन्वय र पहलका कारण विद्यालयदेखि समुदायसम्म मानसिक स्वास्थ्य सम्बन्धी संवाद विस्तार गर्न सहज भएको उनीहरूको भनाइ छ। नाटकका लेखक तथा निर्देशक सुजन आचार्य रहेका छन्।

अभिनयमा सन्जिब राई, सन्तोष गिरी, सुनिल गिरी, आकृति भुजेल, सोनाम हाङ राई, ललिजन राई, गुरास आचार्य, मनसुना आचार्य, शुशिल भट्टराई, मनिस कठेत, भिषण कार्की र समिक्षा कट्वाल सहभागी थिए। आयोजकका अनुसार यो अभियानले खोटाङमा बढ्दो आत्महत्या समस्यालाई सम्बोधन गर्ने तथा गाउँ–बस्ती, विद्यालय र समुदायमा मानसिक स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो।

‘शून्यदेखि शिखरसम्म’ केवल नाटक मात्र नभई मानसिक स्वास्थ्य जस्ता संवेदनशील विषयमा खुलेर संवाद आवश्यक छ भन्ने सशक्त सन्देश समाजमा प्रवाह गरेको एक महत्वपूर्ण पहलका रूपमा उदाएको छ। समापनसँगै यो अभियानले खोटाङमा समुदाय–केन्द्रित मानसिक स्वास्थ्य जागरणको एक प्रेरणादायी उदाहरण स्थापित गरेको देखिएको छ।

Previous Post

सोलुदुधकुण्डमा मासु तथा अण्डा पसलको साता दिने अनुगमन सकियो, तीन व्यवसायी बिना दर्ता सञ्चालनमा

Related Posts

मोरङमा शिवदल गणद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङमा शिवदल गणद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

November 23, 2025
0
सोलुखुम्बुमा बृहत् आँखा शिविरः मंसिर १६ देखि २६ गतेसम्म

सोलुखुम्बुमा बृहत् आँखा शिविरः मंसिर १६ देखि २६ गतेसम्म

November 23, 2025
0
लिम्चुङबुङ–५ : वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै समूहमा नव जागृति अभियान युवा क्लब हिम्मा प्रथम

लिम्चुङबुङ–५ : वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै समूहमा नव जागृति अभियान युवा क्लब हिम्मा प्रथम

November 23, 2025
0

Discussion about this post

Everest Highlights

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको आठौँ सो सम्पन्न, मानसिक स्वास्थ्यप्रति समुदायमा जागरण

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको आठौँ सो सम्पन्न, मानसिक स्वास्थ्यप्रति समुदायमा जागरण

November 23, 2025
सोलुदुधकुण्डमा मासु तथा अण्डा पसलको साता दिने अनुगमन सकियो, तीन व्यवसायी बिना दर्ता सञ्चालनमा

सोलुदुधकुण्डमा मासु तथा अण्डा पसलको साता दिने अनुगमन सकियो, तीन व्यवसायी बिना दर्ता सञ्चालनमा

November 23, 2025
मोरङमा शिवदल गणद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङमा शिवदल गणद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

November 23, 2025
सोलुखुम्बुमा बृहत् आँखा शिविरः मंसिर १६ देखि २६ गतेसम्म

सोलुखुम्बुमा बृहत् आँखा शिविरः मंसिर १६ देखि २६ गतेसम्म

November 23, 2025
लिम्चुङबुङ–५ : वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै समूहमा नव जागृति अभियान युवा क्लब हिम्मा प्रथम

लिम्चुङबुङ–५ : वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै समूहमा नव जागृति अभियान युवा क्लब हिम्मा प्रथम

November 23, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको आठौँ सो सम्पन्न, मानसिक स्वास्थ्यप्रति समुदायमा जागरण

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको आठौँ सो सम्पन्न, मानसिक स्वास्थ्यप्रति समुदायमा जागरण

November 23, 2025
सोलुदुधकुण्डमा मासु तथा अण्डा पसलको साता दिने अनुगमन सकियो, तीन व्यवसायी बिना दर्ता सञ्चालनमा

सोलुदुधकुण्डमा मासु तथा अण्डा पसलको साता दिने अनुगमन सकियो, तीन व्यवसायी बिना दर्ता सञ्चालनमा

November 23, 2025
मोरङमा शिवदल गणद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङमा शिवदल गणद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

November 23, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly