Monday, March 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू, प्रविधिको सही प्रयोगमा जोड

Radio Everest by Radio Everest
November 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रम सुरू गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका, अन्तर पार्टी महिला, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ र महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल सोलुखुम्बुको संयुक्त आयोजनामा यस अभियान सुरु गरिएको हो । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५ देखि डिसेम्बर १०) को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ । अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने हो ।

उद्घाटन कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङले १६ दिने अभियानले प्रत्येक वर्ष समाजमा सुक्ष्म तर महत्वपूर्ण परिवर्तन ल्याउँदै आएको बताउँदै “१६ दिनमा १६ वटा परिवर्तन” को लक्ष्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतका वर्षका कार्यक्रमहरूले स्थानीय तहमा जनचेतना बढेको उल्लेख गर्नुभयो । यसैगरी प्रमुख जिल्ला अधिकारी लिला के.सी पाण्डेले हिंसामुक्त समाज निर्माणका लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अभियानमा देखिएको सक्रिय सहभागीता प्रशंसनीय रहेको बताउँदै सामूहिक प्रयासले मात्र लैङ्गिक हिंसामुक्त समाज सम्भव हुने धारणा राख्नुभयो ।

यस्तै नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राईले प्रविधिको दुरुपयोगका कारण डिजिटल माध्यमबाट हुने नयाँ प्रकारका लैङ्गिक हिंसाका घटनाहरू बढ्दै गएको बताउँदै प्रविधिको सही र सुरक्षित प्रयोगका लागि व्यापक सचेतना आवश्यक रहेको प्रस्ट पार्नुभयो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, कर्मचारी तथा बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता थियो । संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो ।

नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि मनाउन थालिएको हो । हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाबाट उत्पन्न समस्या अहिलेसम्म पूर्ण रूपमा अन्त्य हुन सकेको छैन ।

Previous Post

 अव उप्रान्त विपद्सम्बन्धी राहत बाँड्ने काम स्थानीय तहबाटै

Next Post

ऐसेलुखर्कमा प्रभात फेरीसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू

Related Posts

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
0
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
0
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
0
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

फागुन २० गते राति १२ बजेदेखि सोलुखुम्बुमा सवारी चलाउन नपाइने

March 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly