मंसिर १०, सोलुखुम्बु
दिपेन्द्र खनाल । अपर सोलु हाइड्रो पावर लिमिटेड २३ दशमलव ५ मेगावाटले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै साल्मे बासी आक्रोशित बनेका छन् । हाइड्रोले आफ्ना संरचना गाउँ मुनि निर्माण गरेर गाउँनै जोखिममा परेकोले आफुहरुलाइ अन्यत्र सारिदिन भन्दै सर्वोच्चमा रिट दायर गरेका उनीहरूले सर्वोच्च अदालतले गाउँलेहरुका माग पुरा गर्न भनि हाइड्रोलाई परमादेश जारी गरेको थियो । तर उक्त परमादेश जारी भएको २ वर्ष सम्म पनि हाइड्रोले कुनै काम अगाडि नबढाएकाले दवाव श्रीजना गर्नका लागी आफुहरु सरकारी निकायको ढोका ढकढकक्याउन आइपुग्नुपरेको स्थानीय भानुभक्त श्रेष्ठले बताउनुभयो ।
हाइड्रोले गर्नुपर्ने सामाजिक उत्तरदायित्वका काम कही नगरेको भन्दै हाइड्रोको गैरजिम्मेवारीपनले साल्मेका ३६ घर पीडितहरू अझै समस्यामा परेको उहाँको गुनासो छ । हाइड्रोले पावर हाउस नजिक रहेका केही घरहरूलाई मात्रै सेयर हिस्सा दिएको भन्दै उक्त सेयर प्रभावित सबै ५१ घरपरिवारलाई समान हुनुपर्ने उनीहरूको माग छ । यसैगरी आफूहरूले बस्ने जमिनमा रहेको पेनस्टक पाइप फुट्ने डरले त्रासदीले आफूहरू सुत्न नसक्ने समेत अवस्था भएकाले आफूहरुलाई पुनर्वासको व्यवस्था गरिनुपर्ने, बिमा सुविधा उपलब्ध गराउनुपर्ने, अति प्रभावित ५१ घरहरूलाई अति प्रभावितमा राखेर निशुल्क विद्युत उपलब्ध गराउनुपर्ने लगायतका माग उनीहरूले राखेका छन् । यदि आफूहरूको माग पुरा नभए कडा आन्दोलनमा जाने चेतावनी उनीहरूको छ ।
उहाँले आफूहरूको माग पुरा गरिदिन सोलुदुधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डेसँग आग्रह गरेका छन् ।











Discussion about this post