मंसिर ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुमा सदियौ बर्ष पुरानो ‘माने’ को पुन : निर्माण थालिएको छ । वडा कार्यालय र समाजसेवीहरुको अग्रसरतामा फाप्लु स्थित गोले टोल, मानेडाँडामा रहेको करिब १ सय ७५ वर्ष पुरानो मानेको पनु : निर्माण कार्य थालिएको हो ।

ऐतिहासिक पहिचान जोगाउन सुरु गरिएको पुनःनिर्माण कार्यमा जम्मा ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको वडा अध्यक्ष युवास तामाङले जानकारी दिनुभयो । वडा अध्यक्ष तामाङका अनुसार पुनः निर्माणका लागि वडा कार्यालयले २ लाख रुपैयाँ विनियोजन गरेको छ भने सोलुदुधकुण्ड नगरपालिका–२ नाजिङका समाजसेवी लाक्पा शेर्पाले १ लाख रुपैयाँ सहयोग गरेका छन् । स्थानीयको सहकार्य र सामुदायिक पहलमै पुरानो सम्पदाको स्वरूप जस्ताको तस्तै जोगाउँदै माने पुनःनिर्माण गरिँदैछ ।

पुनःनिर्माणका लागि सम्झौता प्रक्रिया अघि बढिसकेको र उपभोक्ता समूह मार्फत नै निर्माण कार्य अघि बढ्ने तामाङको भनाइ छ । ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै वडाले थालेको यो अभियानमा सहयोगि समेत जोडिएकोमा अध्यक्ष तामाङले खुसि व्यक्त गर्नुभयो । यस कार्यले सांस्कृतिक पहिचान जगेर्नामा सहयोग पुग्ने वडा कार्यलयलेको विश्वास छ । शताब्दीऔँ पुरानो जिर्न मानेको पुनःनिर्माण हुने भए पछि स्थानियहरु समेत हर्सित भएका छन् ।










Discussion about this post