मंसिर ११, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ को भुमेस्वरी माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन थपिने भएकाे छ। सम्बन्धीत विद्यालय र गाउँपालिकाको अनुरोधमा विदेशी दातृ संस्था एफआइडिआरले भवन निर्माण गरिदिने निश्चित भएको हो । आधुनिक र प्रविधि मैत्री शिक्षा प्रदान गर्न गाउँपालिकाको समन्वय र एफआइडिआरको लागत साझेदारीमा विद्यालयको १ एक तले ६ कोठे भवन निर्माण हुने भएको छ ।
आज गाउँपालिका अध्यक्ष धनजन राई तथा उपाध्यक्ष विना राई सहित विदेशी दाताहरूको टोलीले विद्यालय क्षेत्रमा गएर सम्भाव्यता अध्ययन गरेर भवन निर्माण गर्ने निश्चित गरेको छ । भवन निर्माणका लागी सम्भाव्यता अध्ययन गर्न आज गाउँपालिका नेतृत्वको टोली सहित एफ आई डिआरका मुख्य प्रायोजक कोइचि चिवा, निर्देशक नाओयुकी कोयामा, सामान्य मामिला हेर्ने विभागका प्रमुख जुनको नाकागावा, देशीय प्रतिनिधी माओ सुगिता, कार्यक्रम संयोजक गुनवीर नेवार र समन्वयकर्ता गणेश ढुङ्गाना सहितको टोलीले अनुगमन गरेको हो ।
गाउँपालिकाको शिक्षा क्षेत्रमा लगानी बढाउन देशी तथा विदेशी संस्थाहरुसँगको समन्वय एवं सकहार्यलाई गाउँपालिकाले सधैँ उच्च प्राथमिकतामा राखिरहेको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो । विद्यालयमा पुगेका विदेशी पाहुनाहरू तथा गाउँपालिकाका जनप्रतिनिधिलाई सांस्कृतिक कार्यक्रम गरेर विद्यालयले स्वागत गरेको थियो ।











Discussion about this post