मंसिर ११, सोलुखुम्बु । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागी सोलुखुम्बुबाट प्रतिनिधी छनौट सकिएको छ । जिल्ला समितिको कार्यालय आवाडाँडामा सम्पन्न भेलाले अधिवेशनका लागी प्रतिनिधि छनौट सम्पन्न गरेको जिल्ला सचिव कल्पना राईले बताउनुभयो । जिल्लाबाट महाधिवेशन प्रतिनिधिका लागी ६ जना नेताहरू छनौट भएका छन् । जसमध्ये खुल्ला तर्फ बुद्धि कुमार राजभण्डारी र जिल्ला अध्यक्ष डुफकुमार बाँस्तोला, उत्पीडित तर्फ डिबी रणपाल, महिला तर्फ कल्पना राई र मोहन कुमारी कार्की चयन हुनु भएको छ । यस्तै ४० वर्ष मुनिका युवा तर्फ जगनाथ बास्तोला चयन हुनु भएको जनाइएको छ । यि मध्ये खुल्ला र उत्पीडित तर्फको प्रतिनिधि छनौट सर्वसम्मत भएको थियो भने अन्य केही कोटाहरुमा उम्मेद्वारी परेको थियो ।










Discussion about this post