जेठ २४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ मा सञ्चालित सेजोङ कोरियन भाषा इन्स्ट्च्यिुटका ५७ जना प्रशिक्षार्थीलाई कोरिया पठाइएको छ । सन् २०१८ बाट सञ्चालित इन्स्ट्च्यिुटबाट हाल सम्म उतिर्ण गरेका ५७ जना प्रशिक्षार्थीलाई कोरिया पठाइएको हो ।
सेजोङ कोरियन भाषा इन्स्ट्च्यिुटका प्रशिक्षक रविन तामाङका अनुसार १ सय १६ जना विद्यार्थी उर्तिण भएकोमा ५७ जनालाई पठाइएको जानकारी दिनुभयो । छोटो समयमा तिब्र विकास गरी उदाहरणिय बनेको दक्षिण कोरिया नेपालीका लागि वैदेशीक रोजगारीको आकर्षक मुलुक बन्न पुगेको उहाँको भनाई छ ।
राम्रो तलब र सुविधाले वैदेशिक रोजगारीमा कोरियाको आकर्षण बढ्दै गएको प्रशिक्षक तामाङले उल्लेख गर्नुभयो । सेजोङ कोरियन भाषा इन्स्ट्च्यिुटमा सन् २०२१ मा २०२२ मा २५ जना प्रशिक्षार्थी रहेका थिए भने अहिले २ सय ५० जना रहेका छन् । यस इन्स्ट्च्यिुटबाट ग्यारेन्टि पासको व्यवस्था, निः शुल्क किताब साथै इडीको व्यवस्था र अडियो भिडियोको समेत उचित व्यवस्था रहेकोले कोरियन भाषा पढ्ने प्रशिक्षार्थीहरुको संख्या बढ्न थालेको छ ।
साथै विगतमा कोरियन भाषा पढ्न एसएलसी पास भएको हुनुपर्ने भन्ने मान्यताका कारण संख्यामा कमी आएको भएपनि अहिले नेपाली लेख्न र पढ्न सक्नेले भाषा सिक्न सक्ने भएकाले संख्या बढेको हो । सेजोङमा कोरियन कक्षा लिनको लागि हाल सोलुखुम्बु सहित खोटाङ, ओखलढुंगा, उदयपुर, लगायतका जिल्लाहरुबाट कक्षा लिनको लागि विद्यार्थी आउने गरेको सेजोङ कोरियन भाषा इन्स्ट्च्यिुटका प्रशिक्षक रविन तामाङले जानकारी दिनुभयो ।
Discussion about this post