मंसिर १४, सोलुखुम्बु ।
सबिना राई । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय सोलुखुम्बुले अभिकर्ताहरूका लागि आधारभूत तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । जीवन बीमाबारे व्यापक रूपमा सचेतना फैलाउने, अभिकर्ताहरूमा दक्षता तथा सक्षमता अभिवृद्धि गर्दै व्यवसायिक सीप विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

आधुनिक सुविधाहरू विस्तार हुँदै गएसँगै जीवनमा विभिन्न प्रकारका खतरा पनि बढ्दै गइरहेका छन्, जसको संभावित आर्थिक क्षति न्यूनीकरण गर्न बीमा नै सबैभन्दा प्रभावकारी उपाय हो ।

“आजको समय बचत र सुरक्षाको समय हो,” प्रमुख राईले भन्नुभयो, “भोलिका अनिश्चित परिस्थितिबाट सुरक्षित रहन बीमा अपरिहार्य छ ।”तालिममा सहभागी अभिकर्ताहरूलाई जीवन बीमासम्बन्धी ज्ञान, ग्राहक सेवा, व्यावसायिक आचरण तथा बीमाका योजना र सेवाबारे व्यावहारिक मार्गदर्शन प्रदान गरिएको उपशाखाले जनाएको छ । तालिमले अभिकर्ताहरूलाई अझ प्रभावकारी ढंगले सेवा प्रवाह गर्न प्रेरित बनाउने अपेक्षा गरिएको छ ।












Discussion about this post