Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशमा विकास निर्माणमा तीव्रता, सोलुखुम्बुमा ४८ प्रतिशत प्रगति

Radio Everest by Radio Everest
November 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १४, सोलुखुम्बु । विगतका वर्षहरूमा आर्थिक वर्षको अन्त्यतिर मात्रै तातेर हतारमा बजेट सक्ने ‘असारे विकास’ को परम्परालाई तोड्दै कोशी प्रदेश सरकारले यस वर्ष हिउँदको सुरुवातमै विकास निर्माणलाई तीव्रता दिएको छ । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका कार्यालयहरूलाई समयसीमा तोकेरै काममा खटाएपछि अहिले प्रदेशका पहाडी तथा दुर्गम जिल्लाहरूमा प्राविधिक टोलीको दौडधुप बाक्लिएको छ । मन्त्रालयले यस वर्ष मंसिर २० गतेभित्रै अधिकांश योजनाको कागजी र प्राविधिक प्रक्रिया टुङ्ग्याउने रणनीति लिएको छ । सोही अनुरुप अहिले प्रदेशका १४ वटै जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयका इन्जिनियर, ओभरसियर तथा प्राविधिकहरू गाउँबस्तीका कुनाकन्दरामा पुगेका छन् ।

इन्जिनियरको टोली फिल्डमै पुगेर वास्तविक विवरण सङ्कलन गरी तत्कालै लागत अनुमान तयार पार्ने र ठेक्का प्रक्रियामा लाने मन्त्री राईले बताए । वर्षायाममा बिग्रिएका ग्रामीण सडकहरूको मर्मत सम्भार र नयाँ ट्रयाक खोल्नका लागि भइरहेको यो प्रारम्भिक दौडधुपले हिउँद लाग्नासाथ निर्माण कार्यले गति लिने उनको दाबी छ । मन्त्रालयले दिएको तथ्याङ्क अनुसार भोजपुरमा योजना कार्यान्वयनको पूर्वतयारी तथा नापजाँचको काम ८३ प्रतिशत सम्पन्न भइसकेको छ ।

यस्तै, उदयपुरले ५२ प्रतिशत काम सकेको छ भने सोलुखुम्बुले ४८ प्रतिशत प्रगति विवरण पेस गरेको छ । ओखलढुंगा र धनकुटा जिल्लामा ४० प्रतिशत काम सम्पन्न हुँदा खोटाङ, मोरङ र झापाले ३५ प्रतिशतको हाराहारीमा प्रगति हासिल गरेका छन् । पाँचथरमा ३० प्रतिशत, संखुवासभामा २१ प्रतिशत र तेह्रथुममा १६ प्रतिशत काम हुँदा इलाम, ताप्लेजुङ र सुनसरीमा भने प्रगतिको प्रतिशत एकल अङ्कमा सीमित छ । इलाममा ९, ताप्लेजुङमा ६ र सुनसरीमा ४ प्रतिशतमात्र काम भएको छ । ती जिल्लामा पनि अब कामले गति लिने मन्त्री राईले बताए । मन्त्रालयले सडक, पुल तथा सहरी विकासतर्फका नयाँ र बहुवर्षीय गरी कुल १ हजार ९४८ वटा योजनालाई अघि बढाएको छ ।

करिब ७ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ कुल लागत रहेका यी आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयले कडाइ गरेको हो । यसमा १ हजार २८७ वटा सडक तथा पुल आयोजना, ४१६ वटा सहरी विकास तथा भवनका योजना र स्रोत सहमति प्राप्त ३०६ वटा बहुवर्षीय आयोजना समावेश छन् । मन्त्रालयले मातहतका सबै कार्यालयलाई मंसिर २० गतेभित्र ठेक्का सूचना प्रकाशित गरिसक्न ‘अल्टिमेटम’ नै दिएको छ । साना तथा मझौला धेरैजसो योजनाको सम्झौता पुस १५ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

विगतका वर्षहरूमा योजना कार्यान्वयनमा ढिलाइ हुने गरेको गुनासोलाई सम्बोधन गर्दै यसपटक कोशी प्रदेश सरकारले समय तालिका नै बनाएर काम थालेको हो । समयमै टेन्डर आह्वान र सम्झौता हुँदा निर्माण व्यवसायीले काम गर्न पर्याप्त समय पाउने र यसले विकासको गुणस्तर कायम गर्न मद्दत पुग्ने विश्वास मन्त्रालयको छ ।

Previous Post

थुलुङ दुधकोशी गाउँपालिका ७ मा खानेपानी योजना सम्बन्धी तीनदिने तालिम सम्पन्न

Next Post

गार्मामा बालमैत्री ६ कोठे पक्की भवनको शिलान्यास हुने

Related Posts

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

June 30, 2026
0
उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026
0
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
0
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
Next Post
गार्मामा बालमैत्री ६ कोठे पक्की भवनको शिलान्यास हुने

गार्मामा बालमैत्री ६ कोठे पक्की भवनको शिलान्यास हुने

Discussion about this post

Everest Highlights

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

June 30, 2026
उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

June 30, 2026
उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly