Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखु पिकेले गर्यो जेनजी प्रतिनिधिसँग ४ घण्टे छलफल, सामाजिक सञ्जालमा भ्रम नफैलाउन गाउँपालिकाको आग्रह

Radio Everest by Radio Everest
November 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
मंसिर १४, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले मंसिर १२ गते जेनजी प्रतिनिधि माधव बस्नेतको नेतृत्वमा आएको टोलीसँग विशेष समन्वय तथा आन्तरिक छलफल सम्पन्न गरेको छ । करिब चार घण्टा चलेको उक्त बैठक सौहार्दपूर्ण, शान्त र सकारात्मक वातावरणमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार छलफलको मूल उद्देश्य जेनजी युवाहरूका माग, सुझाव तथा चासोलाई औपचारिक रूपमा सुन्नु र आगामी नीतिगत तथा कार्यक्रमगत कार्ययोजनामा आवश्यक समायोजनका आधार तयार गर्नु थियो । समन्वय, कार्यक्रम संरचना, पारदर्शिता, सूचनाको पहुँच र सार्वजनिक प्रस्तुति जस्ता शीर्षकमा दुवै पक्षबीच विस्तृत र रचनात्मक संवाद भएको जनाइएको छ । यसैबीच, सामाजिक सञ्जालमा बैठक बहिष्कार भएको भन्ने दाबीहरू फैलिन थालेपछि गाउँपालिकाले ती हल्लालाई तथ्यहीन र भ्रम फैलाउने गतिविधि भएको भन्दै प्रष्टोक्ति दिएको छ ।
बैठकमा सहभागी नै नभएका केही व्यक्तिहरूले फेक आइडी प्रयोग गरी गलत सूचना प्रवाह गरेको भन्दै गाउँपालिकाले गम्भीर ध्यानाकर्षण गराएको छ । छलफल सुरु हुनुअघि केही गैर–जेनजी व्यक्तिहरूले अनधिकृत रूपमा स्थलमा प्रवेश गर्न खोजे पनि गाउँपालिका र जेनजी प्रतिनिधिहरूको समन्वयमा रोकिएको गाउँपालिकाले जनाएको छ। यस्ता हस्तक्षेप रोकिएका कारण छलफल विषय–केन्द्रित र मर्यादित रूपमा सञ्चालन गर्न सहज भएको बताइएको छ ।
लाइभ प्रसारणसम्बन्धी सार्वजनिक भ्रम हटाउँदै गाउँपालिकाले उक्त बैठक पूर्ण रूपमा आन्तरिक प्रकृतिको भएकाले प्रत्यक्ष प्रसारण गर्ने योजना नै नभएको स्पष्ट पारेको छ । जेनजी समूहभित्र पनि यस सम्बन्धमा आन्तरिक कुराकानी भए पनि अन्ततः दुवै पक्षले सार्वजनिक कार्यक्रमहरूमा मात्र लाइभ गर्ने र आन्तरिक छलफल गोप्य राख्ने सहमति गरेको प्रवक्ता मणिराज बस्नेतले जानकारी दिनुभयो ।
बैठकको अन्त्यमा जेनजी टोली र गाउँपालिकाका प्रतिनिधिहरूले छलफल सफल र सम्मानजनक रूपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै आगामी दिनमा अझ विस्तृत संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सकारात्मक वातावरणको प्रतीकस्वरूप दुवै पक्षले सामूहिक तस्वीर खिचेर कार्यक्रम समापन गरिएको थियो ।
गाउँपालिकाले युवाहरूको सोच, ऊर्जा र सुझावलाई संस्थागत रूपमा समेट्दै पारदर्शी र प्रक्रियागत ढङ्गले सम्बोधन गर्ने प्रतिबद्धता दोहो¥याउँदै सामाजिक सञ्जालमा तथ्य नबुझी भ्रम फैलाउने गतिविधिबाट टाढा रहन र यथार्थमा आधारित संवादलाई प्राथमिकता दिन सबैसँग आग्रह गरेको छ ।

Previous Post

काठमाण्डौबाटै सेयर फारम भराइरहेका युवाको टोलीले दिए एकै दिन ६१३ जनालाई सेवा

Next Post

गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

Related Posts

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
0
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
Next Post
गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

Discussion about this post

Everest Highlights

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly