मंसिर १५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका निवासी भलिबल प्रशिक्षण रेफ्री तथा लोकप्रिय मिडियाका प्रबन्धक मिलन के.सीले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । सोमबार आफ्नो जन्मदिन विशेष रूपमा मनाउँदै चन्द्र ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुभएको हो ।
उहाँले विद्यार्थीलाई शैक्षिक सामाग्री सहित खेलकुदका विभिन्न सामग्री प्रदान गर्नुभएको छ । जन्मदिनमा केक काटेर फजुल खर्च गर्ने चलनलाई परित्याग गर्दै सहयोगका माध्यमबाट जन्मदिन मनाएको के.सीले बताउनुभयो । “जन्मदिन अर्थपूर्ण बनाउने उद्देश्यले विद्यार्थीलाई उपयोगी सामग्री वितरण गरेको हुँ,” के.सीले बताउनुभयो ।
स्थानीयवासी र विद्यालय प्रशासनले पनि के.सीको सहयोगप्रति आभार व्यक्त गर्दै यसले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् । के.सीलाई रेडियोे एभरेष्ट परिवारको तर्फबाट धेरै धेरै शुभकामना…..











Discussion about this post