Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

Radio Everest by Radio Everest
December 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १७, सोलुखुम्बु । रीड नेपालले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका विभिन्न शैक्षिक कार्यक्रमहरूमा कुल ३९ लाख ८८ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको छ। बुधबार सल्लेरीमा नगरपालिकाको समन्वय तथा सहकार्यमा आयोजित समिक्षात्मक कार्यक्रममा सो खर्च विवरण सार्वजनिक गरिएको हो ।

कार्यक्रममा रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले एमपिएसी कार्यक्रम, शिक्षक क्षमता अभिवृद्धि, विद्यालयमा सुशासन तथा सेवा प्रवाह, अभिभावक सहभागिता अभिवृद्धि, विद्यालयमा बालमैत्री तथा सुरक्षित वातावरण निर्माण, महिला तथा अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा कार्यक्रम, अनुगमन तथा मूल्याङ्कन, विद्यालय भ्रमण तथा प्रशासनिक गतिविधीसहित विभिन्न शीर्षकमा गरिएको खर्च सार्वजनिक गर्नुभयो ।

गिरीका अनुसार रीड नेपालले आगामी दिनमा शिक्षा शाखासँग संयुक्त अनुगमन, पाठ्यक्रमको प्रभावकारी प्रयोग, नियमित मूल्याङ्कन, आईसीटी शिक्षणको प्रवद्र्धन, विद्यालय सहयोग भ्रमण तथा एसआईपी कार्यान्वयनमा जोड दिने योजना अघि सारेको छ । उहाँले प्रस्तुतिकरणमा विद्यालय प्रोफाइल निर्माण, कक्षाकोठा व्यवस्थापन सुधार, सिकाइ उपलब्धिमा क्रमिक वृद्धि, स्थानीय स्रोत शिक्षक परिचालन, विद्यालय व्यवस्थापन समिति (विव्यस), शैक्षिक क्रियाकलाप संघ तथा अभिभावक सक्रियतामा वृद्धि लगायतका उपलब्धिहरू हासिल भएको बताउनुभयो ।

यद्यपि कार्यक्रम कार्यान्वयनका क्रममा तालिमलाई व्यवहारमा रूपान्तरणमा कठिनाई, शिक्षक परिवर्तन, विषयगत शिक्षक अभाव, केही अभिभावकको विद्यालयप्रति कम चासो तथा विव्यस–शिक्षासंघको अपेक्षित सक्रियता नदेखिनु प्रमुख चुनौती रहेको जानकारी दिइएको छ । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले रीड नेपालले शिक्षाक्षेत्रमा पुर्याइरहेको योगदानप्रति प्रशंसा गर्दै विद्यार्थीको आवश्यकता र समयानुकूल सिकाइ प्रवद्र्धनमा शिक्षकहरूलाई जिम्मेवार रहन आग्रह गर्नुभयो ।

उहाँले रीड नेपालबाट प्राप्त तालिमलाई विद्यालयमा व्यवहारिक रूपमा लागू गर्न पनि निर्देशन दिनुभयो । कार्यक्रममा नगर प्रवक्ता तथा वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, वडा अध्यक्ष सोनाम ग्याल्जने शेर्पा, शिक्षा शाखा अधिकृत रोजिना पौडेल, गार्मा माविका प्रधानाध्यापक विनोदसिंह तामाङ, बालक्लबका प्रतिनिधि तथा रीड नेपालका कर्मचारीहरूको उपस्थिति थियो ।

Previous Post

सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

Next Post

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly