जेठ २४, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ वाकुका किसानहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । बिहिवार गाउँपालिकाको गरिबी निवारणका लागि लघु विकास कार्यक्रम अन्तर्गत खास्ताबका किसानहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएका हो ।
माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईको प्रमुख आतिथ्यतामा व्यवसायीक रुपमा व्यवसाय गर्दै आएका कृषकलाई २ वटा बाख्रा, एउटा रागाँ, ४ वटा आधुनिक मौरी घार र सिलाई कटाई तालिम लिएर बसेका ४ जनालाई प्रोत्साहन स्वरुप मेसिन हस्तान्तरण गरिएको स्थानीय देवि प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post