मंसिर २०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४, पोखरेस्थित सगरमाथा आधारभूत विद्यालयले आफ्नो ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस विविध कार्यक्रमसहित मनाएको छ । शनिबार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत क्षमता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले विद्यालयको शैक्षिक तथा भौतिक व्यवस्थापनलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो । यस्तै गाउँपालिकाकी उपाध्यक्ष विना राईले यस विद्यालयको विकास र गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंकनाथ घिमिरे, वडा अध्यक्ष, विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।












Discussion about this post