मंसिर २१, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ। शनिबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत सरकारी कार्यविधिअनुसार चालू आर्थिक वर्षदेखि भत्ता वितरण सुरु गर्ने निर्णय गरेको हो।
नगरप्रमुख विमला राईका अनुसार स्थायी शिक्षकसँगै स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, करार तथा प्राविधिक समूहका प्रशिक्षक र सहायक प्रशिक्षकहरूलाई पनि स्थानीय भत्ता प्रदान गरिनेछ। उहाँका अनुसार भत्ता व्यवस्था गर्ने निर्णय शिक्षकहरूको मनोबल अभिवृद्धि गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले गरिएको हो।
जिल्लाको दोस्रो ठूलो मानिने (११ वडामध्ये) हलेसी तुवाचुङ नगरपालिकामा १२ वटा माध्यमिक (कक्षा १२ सम्म), १५ वटा आधारभूत कक्षा १–८० र ५९ वटा प्राथमिक (कक्षा १–५) गरी कुल ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म करिब ५,२०० विद्यार्थी अध्ययनरत छन् भने नगर क्षेत्रभर ३०९ जना शिक्षक कार्यरत छन्।
स्थानीय भत्ताका कारण नगरपालिकामा एक आर्थिक वर्षमा झन्डै रु १ करोड ७३ लाखको अतिरिक्त व्ययभार पर्ने अनुमान गरिएको छ। नगरपालिकाले आवश्यक बजेट व्यवस्थापनसहित भत्ता वितरण प्रक्रिया शीघ्र कार्यान्वयनमा ल्याइने जनाएको छ।











Discussion about this post