मंसिर २१, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा संचालनमा आउन लागेको निनो होस्टलमा विदेशी दातृ निकायका संस्थापकको सम्झनामा श्रद्धान्जली सभाको आयोजना गरिएको छ । शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाको पहलमा फ्रान्सेली दातृ निकाय र सोलुदुधकुण्ड नगरपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको होस्टलको उद्घाटनको पुर्व सन्ध्यामा स्थापनामा योगदान दिएका मृत डोनरहरु प्रति श्रद्धान्जली अर्पण गरिएको हो ।

होस्टलमा आयोजित एक कार्यक्रममा फ्रान्सेली नागरिक स्वर्गिय निनो क्याराण्टा र गिटन लेन्फाण्टको तस्विरमा दिप बत्ति र पुष्पगुच्छा सहित श्रद्धान्जली अर्पण गरिएको हो । सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रबक्ता तथा ६ नम्बर वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाको उपस्थिति रहेको संस्थाका कार्यक्रम संयोजक सन्तोष मगरले जानकारी दिनुभयो । करिब साँढे २ करोडको लगानीमा बन्ने होस्टलको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिनेछ ।












Discussion about this post